७३औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासमा विविध कार्यक्रम
काठमाडौं, माघ १२ : कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित...
काठमाडौं, माघ १२ : कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो।
त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरेका थिए। भारतीय राजदूत क्वात्राले वीरांगना र मृतक सैनिकका निकटतम नातेदारलाई रु. ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गरे।
मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औं उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अंगका रुपमा आजको कार्यक्रमको आयोजना गरिएको हो। आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ।
दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औं वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको छ।
त्यसैगरी नेपालका विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुलबस उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम छ।











-1782735246.jpeg)