Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी,माघ १२ : ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Hardik ivf

सप्तरी,माघ १२ : ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको  स१०प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना३ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए। 

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्