Kathmandu Press

पाल्पामा मतदाता नामावली सङ्कलन स्थगित

पाल्पामा मतदाता नामावली सङ्कलन स्थगित

रामपुर, माघ १२ : पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ । 

मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। 

आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हुँदै आएको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएको हो । 

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्ने हुदाँ सङ्क्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए। 

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्