Kathmandu Press

सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

काठमाडौं, माघ १२ : सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा पुगेको छ। मंगलबार राति भएको अन्तिम १६ मा जित निकाल्दै गत सिजनको फाइनलिस्ट सेनेगल र मोरेक्कोले अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।

अन्तिम ८मा स्थान बनाउने क्रममा सेनेगलले ९ खेलाडीमा सीमित केप भार्डमाथि २–० को जित निकाल्यो । सेनेगलको जितमा कप्तान साडियो माने र बाम्बा डिन्जीले गोल गरेका गरे।

बलियो सेनेगलविरुद्ध २६औं मिनेटमै कोप भार्ड १० खेलाडीमा समेटियो । उसका मिडफिल्डर प्याट्रिक आन्ड्राडेले रेडकार्ड पाएका थिए। तर, १० खेलाडीमा समेटिएपनि कोप भार्डले पहिलो हाफ सेनेगललाई गोलरहित बराबरीमा रोकेको थियो । 

५७औं मिनेटमा कोप भार्डे ९ खेलाडीमा समेटियो । उसका गोलकिपर भोजिन्हाले रेर्डकार्ड पाएका थिए। त्यसपछि भने खेलमा सेनेगल हावी भएको थियो। 

६५औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा डिन्जीले गोल गर्दैै सेनेगललाई अन्तिम ८को यात्रा तय गराए।

यसैगरी अर्को खेलमा माल्वीमाथि २–१को जित निकाल्दै मोरोक्कोले पनि क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो। मोरक्कोको जितमा युसुफ इन नेसरी र अर्चरफ हाकिमीले गोल गरे भने माल्वीका गाबाडिन्हो एमहांगोले गोल गरेका थिए।  

खेलमा अग्रता भने माल्वीले लियो । सातौं मिनेटमा एमहांगोले गोल गोल गरेका थिए । पहिलो हाफा सकिनै लाग्दा मोरक्कोले बराबरी गोल फर्कायो । इन्जुरी समयको दोस्रो मिनृेटमा उसका इन नेसरीले गोल गरेका थिए ।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा त्यसपछि ७०औं मिनेटमा  मोरक्कोले अग्रता लियो । उसका हाकिमीले गोल गरेका थिए । त्यसपछि गोल नहुँदा मोराक्को २–१ले विजयी भयो।

प्रकाशित मिति: १०:४९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्