Kathmandu Press

१५ वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा युवक पक्राउ 

१५ वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा युवक पक्राउ 
Hardik ivf

पर्सा, माघ १२ : पर्साबाट प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ । 

यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ। 

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्