Kathmandu Press

राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरिँदै

काठमाडौं, माघ १२ : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ।केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक...
राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरिँदै

काठमाडौं, माघ १२ : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ।

केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक गर्ने जनाएको छ। प्रारम्भिक नतिजामा महिला र पुरुषसहित देशको जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले बताए।

Hardik ivf

अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उनले बताए।

विभागले भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घर–परिवारको सूचीकरण गरेको थियो। त्यस्तै, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो।

प्रकाशित मिति: ०८:२३ बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्