Kathmandu Press

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

काठमाडौं, माघ १२ : नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ।सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै...
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

काठमाडौं, माघ १२ : नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

Hardik ivf

मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ। पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ।  

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति पाँच सय र भीआईपीतर्फ एक हजार टिकट दर कायम गरेको छ। मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन्। एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।

नेपाल आएपछि पीसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ। चारै जना हाल आइसोलेसनमा छन्।

रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ। खेल साँझ पौने ५ बजेदेखि सुरु हुनेछ।

प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्