ट्र्याक्टर दुर्घटनामा दुई जना बेपत्ता
जाजरकोट, माघ १२ : छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्।भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे ३ त १४९५...
जाजरकोट, माघ १२ : छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्।
भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे ३ त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
प्रहरीका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको हो। बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर नदीमा खसेको थियो।
दुर्घटनास्थलमा ट्र्याक्टरसमेत भेटिएको छ। ट्र्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए।
चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ। (रासस)
प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)