Kathmandu Press

भारत लैजाँदै गरेकाे बालिकाको उद्धारः एक पक्राउ

वीरगञ्ज, माघ ११ : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई आज उद्धार गरेको छ।बैतडी घर भएकी १४ वर्षीया बालिकालाई...
भारत लैजाँदै गरेकाे बालिकाको उद्धारः एक पक्राउ

वीरगञ्ज, माघ ११ : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई आज उद्धार गरेको छ।

बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य  द्वारबाट उद्धार गरिएको हो। यही माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।

Hardik ivf

बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अधिकारीले बालिकासँग लगभग एक महिनाअघि देखि फोनमार्फत चिनजान गरेर अर्घाखाँची लगी विवाह गर्ने प्रलोभन देखाएर झुक्याई वीरगञ्ज बसपार्कसम्म ल्याएको र अब पाँच मिनेटमा घर पुगिन्छ भनी इनर्वा नाका हुँदै भारततर्फ लगिँदै गरिएको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरीको भनाइ छ।

जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गराएर अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्