Kathmandu Press

नेपाल आएका मोरिससका ४ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, माघ ११ : दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएका अफ्रिकी मुलुक मोरिससका खेलाडीका कोरोना संक्रमण पुष्टी भएको छ।नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न सोमबार...
नेपाल आएका मोरिससका ४ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, माघ ११ : दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएका अफ्रिकी मुलुक मोरिससका खेलाडीका कोरोना संक्रमण पुष्टी भएको छ।

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न सोमबार नेपाल आएका आफ्ना चार खेलाडीमा कोरोना संक्रमण देखिएको मोरिसस फुटबल एसोसिएसनले जनाएको छ।

उसकाअनुसार नेपालका आएका लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथेमा संक्रमण पुष्टी भएको हो।

चार खेलाडीमा संक्रमण पुष्टी भएपछि टिमका अन्य सदस्यको पनि खेल हुनु २४ घण्टाअघि कोरोना परीक्षण गरिने उसले जनाएको छ। मोरिससले नेपालसँग माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

दशरथ रंगशालामा हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक तिहाई दर्शकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिएको छ।

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्