Kathmandu Press

थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

काठमाडौं, माघ ११ : पाँच पटकको च्याम्यिन थ्री स्टार क्लब आहा रारा गोल्डकपको क्वार्टफाइनलबाटै बाहिरिएको छ। मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै थ्रीस्टार प्रतियोगितानबाट बाहिरिएको हो।

थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१, २०७५ मा आहा रारा गोल्डकपको उपाधि उचाल्दा आर्मी भने उपाधिबिहीन छ। 

आर्मीलाई जित दिलाउन राजीव गुरुङले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फरवार्ड जर्ज प्रिन्स कार्कीको लामो पासलाई भेटाउँदै राजीव गुरुङले गोल गरेका हुन् ।

आर्मीको जितसँगै आहा रारा गोल्डपको समिफाइनल समीकरण पनि पुरा भएको छ। आर्मीसँगै प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्र क्लब, विभागीय टिम एपीएफ र मनाङ मर्यास्याङ्दी क्लब पुगेका छन्। 

सेमिफाइलनमा आर्मीले मनाङको सामाना गर्ने छ भने अर्को सेमिफाइलनमा मछिन्द्र र  एपिएफ भिड्ने छन्। मछिन्द्र र एपिएफबीचको खेल बुधबार हुने छ भने आर्मी र मनाङबीचको खेल बिहीबार हुनेछ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्