रौतहटको दुर्गाभगवतीमा अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगिता सुरु
रौतहट, माङ ११ : रौतहटमा अध्यक्ष कप टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको खेलमैदानमा...
रौतहट, माङ ११ : रौतहटमा अध्यक्ष कप टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो।
दुर्गा भगवती गाउँपालिकाको आर्थिक सहयोगमा मारुती क्रिकेट क्लव गंगापिपराको आयोजनामा आज देखि संचालन भएको ‘अध्यक्ष कप टि–२० क्रिकेट टुर्नामेन्ट’लाई नेपाली काँग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादवले उद्घाटन गरेका हुन्।
अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगितको उदघाटन गर्दै नेपाली काँग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले खेलकुद आफैमा राम्रो पक्ष रहेको र यसबाट किशोरहरुको वृद्धि विकास, आत्मबल बलियो बनाउनका साथै शारिरीक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगितालाई पालिकाभित्र लुकेका प्रतिभा उजागर गर्ने अवसरको रुपमा लिनुपर्ने बताए।
नेपालमा पनि दिनहुँ क्रिकेटको लोकप्रियता बढ्दै गएका कारण अभिभावकहरु पनि आफ्ना सन्तानलाई क्रिकेटमा अगाडि बढ्न हौसला दिने क्रम बढेको यादवले बताए। उनले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीले आगामी दिनमा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सक्ने सम्भावना रहेको बताए।
कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले पालिकाको ५ वटै वडाका किशोरकिशोरी एवं युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउन पालिकाले हर सम्भव सहयोग गर्ने बताए ।
प्रत्येक बर्ष हुँदै आएको अध्यक्ष कपको मार्फत यहाँका युवाहरुलाई प्रोत्साहन गरी यस्ता खेलको आयोजना गरिरहेको हुँदा रहरले होइन कि उत्साहपूर्वक यस खेलको मार्फत आफनो प्रतिभाव देखाएर अवसर प्राप्त गर्न समेत उनले सुझाव दिए ।
आजको उदघाटन खेल दुर्गा भगवती गापा वडा नम्वर २ र ५ विच भएको थियो।











