Kathmandu Press

पर्सामा २१ वर्षीय युवकको हत्या आरोपमा पाँच जना पक्राउ 

पर्सामा २१ वर्षीय युवकको हत्या आरोपमा पाँच जना पक्राउ 

काठमाडौं, माघ ११ : पर्साको जगरनाथपुर गाउँपालिका–६ का २१ वर्षीय मुन्टु प्रसाद कुर्मीको हत्या अभियोगमा ५ जना पक्राउ परेका छन्। 

गत पुस  २३ गते मुन्टुप्रसादको हत्या भएको थियो। उनको शव उखु खेतमा भेटिएको थियो। हत्या भएको १८ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन्। 

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका–६ भिष्वास्थित नेपाल भारत सीमाबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका पाँच जनाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्