Kathmandu Press

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

काठमाडौं, माघ ११ : टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी...
टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

काठमाडौं, माघ ११ : टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित गरिएको हो ।

 ‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको केन्द्रका प्रमुख डा एरिसा पौडेलले जानकारी दिए।

उनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि उक्त कार्यक्रम स्थगित गरिएको बताए । टोखाले नगरपालिकामा रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो।

नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो।  

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्