तनहुँ प्रशासनमा आलोपालो सेवा
तनहुँ, माघ ११ : जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ। कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था...
तनहुँ, माघ ११ : जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ।
कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे ।
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए ।
उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ।
त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाको लागि पालो मिलाइएको बताइएको छ।
प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)