Kathmandu Press

तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट, माघ ११ : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा...
तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट, माघ ११ : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ।

छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए। उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ।

Hardik ivf

यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न सहज भएको बताइएको छ । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ । पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने भएको छ । हाल पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० प्रहरी कार्यरत छन्। 


यसअघि उक्त स्थानमा प्रहरीले गस्ती गर्दै आएको थियो । गस्तीमा जान एक दिन पैदल लाग्ने गर्छ । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुनेछ । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ। 

प्रकाशित मिति: ०९:३२ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्