Kathmandu Press

मच्छिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा, सङ्कटालाई ४–१ गोलले पराजीत 

काठमाडौं, माघ १० : मच्छिन्द्र फुटबल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा सङ्कटा क्लबलाई चार–एक...
मच्छिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा, सङ्कटालाई ४–१ गोलले पराजीत 

काठमाडौं, माघ १० : मच्छिन्द्र फुटबल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा सङ्कटा क्लबलाई चार–एक गोलले हराउँदै मच्छिन्द्र अन्तिम चारमा स्थान पक्का बनाएको हो । मच्छिन्द्रका लागि मेसुके ओलोमाउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे ।

सङ्कटाका गणेश हमालले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । हारसँगै सङ्कटा प्रतियोगिताबाट बाहिरिएको छ । मच्छिन्द्रले सेमिफाइलनमा एपीएफ क्बलसँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्