मृत अवस्थामा फेला
काठमाडौं, माघ १० : नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने ५१ वर्षीया लोक माया भण्डारी सोमबार...
काठमाडौं, माघ १० : नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने ५१ वर्षीया लोक माया भण्डारी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बाँके, जानकी गाउँपालिका ६ डिठापुरस्थित तारजाली फ्याक्ट्री नजिक नालाको पानीमा सोही गाउँपालिका ६ अमृतपुर बस्ने ४२ वर्षीय मोहन सिंह ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, गोलबजार नगरपालिका ११ स्थित मैनावती खोलामा हाल नाम थर नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:१६ बजे, सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)