Kathmandu Press

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, माघ १० : नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद १ लाख ८३ हजार...
अवैध लागूऔषध सहित पक्राउ
Hardik ivf

काठमाडौं, माघ १० : नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद १ लाख ८३ हजार ६० रुपैयाँ र र्‍यापर कागज सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक बस्ने ३५ वर्षीया मुन्नि जोलाह, सोही उपमहानगरपालिका(१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेका छन् ।

वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त पदार्थ तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्दान गरिरहेको छ ।

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, माघ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्