Kathmandu Press

सिन्धुलीको दुधौलीमा ट्रकको ठक्करबाट तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

सिन्धुली, माघ १० : सिन्धुलीको दुधौलीमा ट्रकको ठक्करबाट आज (सोमबार) तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ।मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–४ खनियामा भएको...
सिन्धुलीको दुधौलीमा ट्रकको ठक्करबाट तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

सिन्धुली, माघ १० : सिन्धुलीको दुधौलीमा ट्रकको ठक्करबाट आज (सोमबार) तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–४ खनियामा भएको दुर्घटनामा प्रेम आले मगरकी छोरी प्रेनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँस्थित मामाघरमा बस्दै आएकी थिइन्।

सिमेन्ट बोकेर भिमानबाट कटारीतर्फ आउँदै गरेको बा ०३–००१ ख ०२८४ नम्बरको ट्रकले राजमार्गमा खेलिरहेकी प्रनिशालाई ठक्कर दिएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३२ वर्षीय रामेश्वर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्