Kathmandu Press

गद्दीबैठक सर्वसाधारणका लागि खुला, विशेष प्रदर्शनी स्थगित

काठमाडाैं, माघ १० : हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दीबैठकको तल्लो तलामा सुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित...
गद्दीबैठक सर्वसाधारणका लागि खुला, विशेष प्रदर्शनी स्थगित

काठमाडाैं, माघ १० : हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दीबैठकको तल्लो तलामा सुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित गरिएको छ। 

समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको थियो।

Hardik ivf

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि गत शुक्रबार रातिदेखि सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो। सङ्ग्रहालयसमेत बन्द भएकाले अर्को सूचना नभएसम्मका लागि एकीकरणदेखि लोकतन्त्रसम्मका सामग्रीको प्रदर्शनी पनि स्थगित गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। 

यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी थियो। सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको थियो। २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न  कार्यालय तयारी गरेको थियो। 

पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो। राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो। 

गद्दीबैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, माघ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्