Kathmandu Press

कर्मचारीलाई कोरोना भएपछि ललितपुरको कामकाज बन्द

कर्मचारीलाई कोरोना भएपछि ललितपुरको कामकाज बन्द

काठमाडौं, माघ १० : कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको संक्रमण भएपछि ललितपुर महानगरपालिकाको कामकाज बन्द भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचना प्रकाशित गरी धेरैजसो कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको जनाएका छन्। संक्रमित कर्मचारी र जनप्रतिनिधि होम आइसोलेसनमा रहेकाले कामकाज गर्न कठिनाइ भएको जनाएको छ।

जसले गर्दा माघ १४ गतेसम्म महाननगरपालिकाका कामकाज बन्द गरिएको जनाइएको छ। महागनरबाट प्राप्त हुने अत्यावश्यक सेवा भने जारी रहने अर्यालले जानकारी दिएका छन्।

प्रकाशित मिति: ०८:०५ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्