Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, माघ १० : ट्रकको ठक्करले पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल चालकको मृत्यु भएको छ।मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बागेश्वरीका ४१ वर्षीय...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, माघ १० : ट्रकको ठक्करले पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बागेश्वरीका ४१ वर्षीय ओमप्रकाश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ओमप्रकाशको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्