Kathmandu Press

दाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दाङ, माघ १० : दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकलले...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दाङ, माघ १० : दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१२ का अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलमा सवार चितवनको भरतपुर–७ का रामप्रसाद सापकोटा घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका अरुणको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रामप्रसादको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ।

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, माघ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्