Kathmandu Press

भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

काठमाडाैं, माघ ९ : चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको...
भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

काठमाडाैं, माघ ९ : चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ।

केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिएको आयोगले जनाएको छ।

आयोगले प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पूर्णरूमा पालना गरिएको उल्लेख गर्दै भोलि माघ १० गतेको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी गराएको छ।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्