Kathmandu Press

नालीमा परेर गैँडा मर्‍याे

चितवन, माघ ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३ः३० बजे गैँडा...
नालीमा परेर गैँडा मर्‍याे
तस्बिर : काेमलचन्द्र भगतकाे फेसबुकबाट

चितवन, माघ ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । 

आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार, अन्दाजी ८र१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । 

घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्। 

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्