२४ घण्टामा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु

काठमाडौं, माघ ९ : बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको बताए । हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।
प्रकाशित मिति: १७:१६ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)