Kathmandu Press

दुई महिनादेखि थन्किए प्रहरीका नयाँ गाडी

धनगढी, भदौ २५ : प्रदेश सरकारको लापरवाहीले सुदूरपश्चिमका नौ वटै जिल्ला प्रहरी कार्यालयका लागि ल्याइएका नयाँ गाडी दुई महिनादेखि थन्किएका छन्।

....

दुई महिनादेखि थन्किए प्रहरीका नयाँ गाडी
रासस

धनगढी, भदौ २५ : प्रदेश सरकारको लापरवाहीले सुदूरपश्चिमका नौ वटै जिल्ला प्रहरी कार्यालयका लागि ल्याइएका नयाँ गाडी दुई महिनादेखि थन्किएका छन्।

प्रदेश सरकारले दुई महिना अघि नयाँ गाडी खरिद गरेको थियो। तर, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी ऐन बनाएको छैन।

ऐन बनाउनु अघि नै गाडी गरिद गरेपछि प्रयोगमा आउन सकेका छैनन्। दुई महिनादेखि त्यसै थन्किएका छन्।

प्रदेश सरकारलेअ झै पनि प्रदेश प्रहरी ऐन बनाउन तदारुकता देखाएको छैन। जसले गर्दा तत्काल प्रयोगमा आउने सम्भावना पनि छैन।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्