Kathmandu Press

म प्रेममा छु तर मेरो प्रेमी क्रिकेटर र कलाकार होइन : तापसी पन्नु

काठमाडौं, भदौ २५ : बलिउड अभिनेत्री तापसी पन्नुले आफू प्रेमसम्बन्धमा रहेको खुलाएकी छन्। तर, उनले आफ्नो प्रेमी क्रिकेटर र कलाकार नभएको बताएकी छन्।

....

उनले पिंकभिल्लासँगको अन्तर्वार्तामा आफू विवाहित नभएपनि आफ्नो जीवनमा कोही व्यक्ति आएको बताएकी छन्। ‘म कसैसँग प्रेमसम्बन्धमा छु। मेरो प्रेमी मान्छेले खोजिनिति गर्ने पेशाको छैन। उनी क्रिकेटर पनि होइन, कलाकार पनि होइन,’तापसीले भनेकी छन्।

तापसी र शगुन।

बहिनी सगुनसँगै अन्तर्वार्ता दिएकी थिइन्। उनकी बहिनीले राम्रो केटा रहेको बताउँदा उनले हास्दै थपिन्, ‘थुप्रै भ्यागुताहरुलाई चुम्बन गरेपछि मेरो राजकुमार भेटेकी छु।’

उनले अहिले बिहे नगर्ने बताएकी छन्। उनले भनेकी छन्, ‘जब मलाई बच्चा जन्माउने इच्छा लाग्छ, अनि मात्रै बिहे गर्छु।’

उनको पछिल्लो फिल्म ‘मिसन मंगल’ हिट भयो। अहिले उनको अर्को फिल्म ‘साँडकी आँख’ रिलिजको तयारीमा छ। उनले नयाँ फिल्म ‘थप्पड’मा काम गर्ने भएकी छन्। जुन अनुभव सिन्हाले निर्देशन गर्नेछन्।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्