गाडी जलाउने कार्य निन्दनीय : गगन थापा
काठमाडौं, माघ २० : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारी गाडी जलाउने कार्य निन्दनीय भएको बताएका छन् ।
शनिबार सरकारी गाडी चलाएको भन्द....

काठमाडौं, माघ २० : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारी गाडी जलाउने कार्य निन्दनीय भएको बताएका छन् ।
शनिबार सरकारी गाडी चलाएको भन्दै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पोखरामा गाडी जलाएको थियो । त्यस्तै, राजधानीलगायत देशका विभिन्न भागमा तोडफोड गर्नुका साथै जलाउने प्रयास गरेको थियो ।
यस विषयमा थुप्र सामाजिक संजाल प्रयोगकर्ताले गगन थापालाई प्रश्न सोधेका थिए । यसमा उनको धारण माग गरेका थिए ।
उनले आज ट्वीटर र फेसबुकमा लेख्दै गाडी जलाउने कार्यको विरोध गरेका छन् । ‘‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ’’ गगन थापाले ट्वीट गरेका छन, ‘‘किन्तु, परन्तु केही नलगाई मेरो उत्तर : त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।”
गगन थापाको ट्वीट:
नेविसंघकाे नाममा केही "विद्यार्थीले" सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हाे, भनेर थुप्रै साथीहरूकाे प्रश्र रहेछ।
— Gagan Thapa (@thapagk) February 3, 2019
किन्तु,परन्तु केही नलगाई मेराे उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्ताे कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।











