Kathmandu Press

सुर्नया नदीमा युवकको शव फेला

बैतडी, माघ ९ : जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी...
सुर्नया नदीमा युवकको शव फेला

बैतडी, माघ ९ : जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो। 

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए।

प्रहरी टोली घटनास्थलमा गएको छ। शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्