Kathmandu Press

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौं, माघ ९ : काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ। काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु. एक करोड ३० लाख ४२ हजार...
चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौं, माघ ९ : काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ। काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु. एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे।

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताए। ‘स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौं,’ उनले भने।

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उनको भनाइ छ। 

यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ। चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताए।

सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ। दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुनेछन्।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्