Kathmandu Press

शल्यक्रियापछि हुम्लामा आमा र शिशुको मृत्यु

हुम्ला, माघ ९ : जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएपछि आमा र नवजात शिशुको मृत्यु भएको छ।सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्की र...
शल्यक्रियापछि हुम्लामा आमा र शिशुको मृत्यु

हुम्ला, माघ ९ : जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएपछि आमा र नवजात शिशुको मृत्यु भएको छ।

सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्की र नवजात शिशुको मृत्यु भएको हो। शिशुको माघ ५ गते र आमाको माघ ७ गते ज्यान गएको अस्पतालले जनाएको छ।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो। यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो।

शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ।  

मृत्यु कारण बताउनुपर्ने माग गर्दै उनका माइती पक्षले शव उठाउन दिएका छैनन्। जसले गर्दा टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।

 

प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्