Kathmandu Press

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

काठमाडाैं, माघ ८ : कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ।आज उक्त...
चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

काठमाडाैं, माघ ८ : कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ।

आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ। आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताए।

प्रकाशित मिति: २०:३७ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्