Kathmandu Press

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ, माघ ६ : ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ।जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो।...
ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ, माघ ६ : ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ।

जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो। गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा  उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको ९बायोमेट्रिक टेक्निसियन प्रमुख सरोज चौधरीले बताए। अहिले प्लान्टबाट तीनदेखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन  उत्पादन हुँदै आएको चौधरीले बताए। 

Hardik ivf

जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ। पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए। 

सङ्घीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो। अहिले सो प्लान्टबाट  उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो ।

अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ। स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताइन्। 

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्