Kathmandu Press

भिड कम गर्न सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागु

सुर्खेत, माघ ८ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भिड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ।कार्यालयमा...
भिड कम गर्न सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागु

सुर्खेत, माघ ८ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भिड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ।

कार्यालयमा भीडभाड देखिएको र कोभिड-१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ।

Hardik ivf

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताए।

उनका अनुसार आइतबार र शुक्रबार लेकबेंसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मंगलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ।

प्रशासनले बार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ।

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईंको मास्क खोइ’ अभियान पुनः सञ्चालन गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को आयोजनामा आजदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र, मंगलगढी चोक, मुख्य बजार क्षेत्रमा मास्क वितरण गर्‍यो। मास्क नलगाई घर बाहिर निस्केका नागरिकलाई मास्क वितरण गर्नुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिएको थियो।

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्