Kathmandu Press

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली,माघ ८ : कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ। कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना...
कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली,माघ ८ : कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ। कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ। 
 
अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ। दीपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमुना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ। नमुना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो। हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन्।

Hardik ivf

प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन्। दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो। असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो। रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो।

सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो । 

प्रकाशित मिति: १३:१३ बजे, शनिबार, माघ ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्