Kathmandu Press

आइपिएलको मेगा अक्सनमा १५ नेपाली खेलाडी सहभागी हुने

काठमाडौं, माघ ८ : इन्डियन प्रिमियर लिग (आइपिएल) को मेघा अक्सनमा १५ नेपाली खेलाडी सहभागी हुने भएका छन्। आइपिएलले शनिबार सर्वजनिक गरेको मेगा...
आइपिएलको मेगा अक्सनमा १५ नेपाली खेलाडी सहभागी हुने

काठमाडौं, माघ ८ : इन्डियन प्रिमियर लिग (आइपिएल) को मेघा अक्सनमा १५ नेपाली खेलाडी सहभागी हुने भएका छन्। आइपिएलले शनिबार सर्वजनिक गरेको मेगा अक्सनमा सहभागी हुने खेलाडीको सूचीमा १५ नेपली खेलाडी सहभागी छन्। 

मेगा अक्सानमा कोको खेलाडीले नाम दर्ता गराए भन्ने खुलेको छैन। तर, आइपिएल खेलिसकेका नेपालक ग्लोबल स्टार तथा कप्तान सन्दीप लामिछाने रहेको सहजै अनुमान लगाउन सकिन्छ।

आइपिएलको मेगा अक्सनमा एसोसिएट राष्ट्रबाट नेपालका सर्वाधिक खेलाडी हुन्। त्यसपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गराएका छन्। मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन्। जसमा भारतका ८ सय ९६ र ३ सय १८ विदेशी खेलाडी छन्।

अक्सनका लागि अस्ट्रेलियाका सर्वाधिक ५९ खेलाडीले नाम दर्ता गराउँदा दक्षिण अफ्रिकाका ४८, वेस्टइन्डिजका ४१, श्रीलंकाका ३६, इंग्ल्यान्डका ३०, न्युजिल्यान्डका २९ र अफगानिस्तानका २० खेलाडीले नाम दर्ता गराएका छन्। 

आईपिएलका मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ। आइपिएलमा यो पटकबाट १० टिम सहभागी हुनेछन्।

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्