Kathmandu Press

सीमावर्ती क्षेत्रमा प्रहरीकाे सक्रियता

बाँके, माघ ८: नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी...
सीमावर्ती क्षेत्रमा प्रहरीकाे सक्रियता

बाँके, माघ ८: नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड ३६ लाख २६ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ । प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लंघनमा २० हजार ५ सय ३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको उनले जानकारी दिए।

बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६सय ८ रुपैयाँ, सुन तस्कर कारबाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ, ट्राफिक कारबाहीबाट १ करोड १२ लाख ३४ हजार ५ सय रुपैयाँ र नदीजन्य पदार्थ उत्खननबाट तीन लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रकाशित मिति: ११:०१ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्