ईक्याब नेपालले सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्ने
काठमाडौं, माघ ७ : ईक्याब नेपालले नेपाली यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न आजबाट आफ्नो सेवा शुभारम्भ...
काठमाडौं, माघ ७ : ईक्याब नेपालले नेपाली यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न आजबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।
शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा ट्याक्सी सेवा सञ्चालनका लागि क्यूआरु कोडसहितको एपको सार्वजिनक गरेको हो । सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदबाट भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ । एपका प्रयोगकर्ताले अरूका लागि समेत सवारी बुकिङ गर्न सक्ने छन् ।
नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेका प्रयोगकताले समेत यो सेवा सहज रूपमा उपभोग गर्न सक्ने बताइएको छ । इन्टरनेटको पहुँच नभएको खण्डमा कल सेन्टरमा फोन गरेर समेत सेवा लिन सकिने कम्पनीले जनाएको छ । यात्राका लागि लाग्ने शुक्ल पूर्ण पारदर्शी रूपमा निर्धारण गरिएको कम्पनीको दाबी छ ।
यसका साथै प्रयोगकर्ताहरूका लागि लोयल्टी कार्यक्रम पनि रहेको छ । जसअनुसार प्रयोगकर्ताले लोकप्रिय स्थानमा जन्मदिन मनाउने वा पुरस्कार प्राप्त गर्न सक्नेछन् । ईक्याब नेपालका पार्टनर तथा हस्पिटालिटी सेन्टरहरूबाट आकर्षक छुट पनि प्राप्त गर्न सकिने बताइएको छ ।












