Kathmandu Press

नेपालमा फेरी अर्काे न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

काठमाडाैं, माघ ७ : नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ। उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली...
नेपालमा फेरी अर्काे न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

काठमाडाैं, माघ ७ : नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ। उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ। विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औँल्याएको छ।

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

Hardik ivf

शनिबार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम १३ दशमलव चार डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शन्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: २०:३६ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्