Kathmandu Press

रेणु यादवविरूद्द नागरिक समाजको विरोध

काठमाडाैं, माघ ७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन्। सङ्घीय सरकारमा...
रेणु यादवविरूद्द नागरिक समाजको विरोध
Hardik ivf

काठमाडाैं, माघ ७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन्। सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो।

नागरिक समाजका तर्फबाट डा केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरी सार्वजनिक गरिएको नागरिक अपिलमा त्यस्तो विरोध जनाइएको छ। बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको अपिलमा उल्लेख छ।

प्रकाशित मिति: २०:३२ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्