Kathmandu Press

पुलिस आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं, माघ ७ : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा...
पुलिस आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं, माघ ७ : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो।

खेलको निर्धारित ९० मिनेटमा एक/एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। 

अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगितामा १० टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन्।

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्