Kathmandu Press

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडाैं, माघ ७ : प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा तीन जनालाइ पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय...
क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडाैं, माघ ७ : प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा तीन जनालाइ पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ रहेका छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई मिनभवनबाट पक्राउ गरेको हो।

महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको छ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।

नेपालमा क्रिप्टोकरेन्सी/बिट क्वाईनबाट बित्तिय कारोबार गर्न प्रतिबन्धित गरिएकाे छ।

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्