Kathmandu Press

कांग्रेसले राष्ट्रिय अभियान सञ्चालन गर्दै

काठमाडाैं, माघ ७ : नेपाली कांग्रेस (बिपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको...
कांग्रेसले राष्ट्रिय अभियान सञ्चालन गर्दै

काठमाडाैं, माघ ७ : नेपाली कांग्रेस (बिपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए। देशमा भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण भएकाले राष्ट्रिय एकतालाई बलियो बनाउन अभियान गर्न लागेको बताए।

पार्टीका अर्का नेता गोबिन्दप्रसाद शर्माले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्न राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिँदै नेपाली भू–भाग लिपुलेकमा अनुमति नलिई बाटो बनाउने काम गलत भएकाले यसलाई रोक्न माग गरे। अभियानअन्तर्गत देशमा राष्ट्रिय जागरण ल्याउन सबै जिल्लामा पुगेर जनताको घरदैलो कार्यक्रम गरी देशको समसामयिक अवस्था, बेथिति, भ्रष्टाचारबारे जनचेतना फैलाइने छ।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्