Kathmandu Press

सुनसरीको भोटिया खोलामा पुल निर्माण हुने

विराटनगर, माघ ७ : सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ। चार करोड १६...
सुनसरीको भोटिया खोलामा पुल निर्माण हुने

विराटनगर, माघ ७ : सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ। 

चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र कृषिउपज बजारसम्म पु¥याउनका लागि स्थानीयवासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो।

Hardik ivf

सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए। उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा रहेको बताए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए। वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडासदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठूलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गरे।

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्