Kathmandu Press

 अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी प्रवन्ध मिलाइनेछ : प्रधानमन्त्री 

काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी प्रवन्ध...
 अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी प्रवन्ध मिलाइनेछ : प्रधानमन्त्री 

काठमाडौं, माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी प्रवन्ध मिलाइने बताएका छन्। 

सरकार गठन भएको ६ महिना पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीमा अर्थतन्त्रलाई कम असर पार्ने गरी आवश्यक प्रवन्ध मिलाइने बताएका हुन्। 

Hardik ivf

महामारीको समयमा सुरक्षाको मापदण्डहरुको पालना गर्दै मातृशिशु स्वास्थ्य, पोषण र खोप लगायतका आधारभूत स्वास्थ्य सेवाहरुलाई सूचारु गरिने पनि प्रधानमन्त्रीले बताएका छन्। 

किसानलाई मल र बीउ तथा विद्यालयका छात्रछात्राहरूलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन र राज्यले निःशुल्क रूपमा उपलब्ध गराउने भनी घोषणा गरिएका औषधीहरू गुणस्तरीय रूपमा समयमै सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको उनले बताए। 

साथै, अत्यावश्यक वस्तु तथा सेवाको निर्बाध आपूर्ति हुने व्यवस्था सुनिश्चित गरिएको पनि उनले बताए। 
 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्