पर्यटन बोर्डले सञ्चालनमा ल्यायो फोटो नेपाल
काठमाडौं, भदौ २४ : नेपाल पर्यटन बोर्डले फोटो नेपाल.ट्राभल सञ्चालनमा ल्याएको छ।
नयाँ–नयाँ गन्तव्यको प्रचार विश्वभर पुर्....

काठमाडौं, भदौ २४ : नेपाल पर्यटन बोर्डले फोटो नेपाल.ट्राभल सञ्चालनमा ल्याएको छ।
नयाँ–नयाँ गन्तव्यको प्रचार विश्वभर पुर्याउनका लागि भन्दै फोटो नेपाल सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ।
मंगलबारबाट सञ्चालनमा ल्याइएको फोटो नेपालको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन्। पोर्टलको शुभारम्भ गर्दै मन्त्री भट्टराईले नेपालका यस्ता साइडहरु दैनिक १ करोड विश्वका मानिसले हेर्ने गरी काम गर्न निर्देशन दिएका छन्।
नेपाल पर्यटन बोर्डले विगत चार वर्षदेखि नियमित रुपमा फोटो नेपाल प्रदर्शनीको आयोजना गर्दै आएको थियो। फोटो पत्रकारहरुले खिचेका फोटोहरु साइटमा राखिने छन्।
नेपालका विविध फोटोहरु खोज्न सहज हुने बेव साइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए। फोटोहरु photonepal.travelमा हेर्न सकिने छ ।










-1754206481.jpg)
