Kathmandu Press

३० लाख मूल्य बराबरको अवैध सामग्री बरामद

३० लाख मूल्य बराबरको अवैध सामग्री बरामद
फाइल तस्बिर

वीरगञ्ज, माघ ७ : ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।  

Hardik ivf

उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो  क्रममा ट्रकका  चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ । 

उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख  मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्