Kathmandu Press

नक्कली नोट दिएर लुगा किन्नेहरू पक्राउ

भरतपुर, माघ ७ : प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीया पवित्रा घताने...
नक्कली नोट दिएर लुगा किन्नेहरू पक्राउ

भरतपुर, माघ ७ : प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्।

घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

पक्राउ परेकाबाट नक्कली रु एक हजार रुपैयाँका १० थान नोट, एक/एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निजहरुका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ। पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:४० बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्